सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २८ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका लागि लोकसेवा आयोगले कर्मचारी भर्ना गर्न खुलाएको विज्ञापनबारे छिट्टै निर्णय हुने बताएका छन् ।
आयोगले सुरु गरेको उक्त कर्मचारी भर्ना प्रक्रिया रोक्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएपछि भर्ना प्रक्रिया के हुने भन्ने अन्योल बढ्दै गर्दा लोक सेवा आयोगले यसबारेमा चाँडै नै निर्णय गर्ने जनाएको छ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार समितिको निर्देशन आयोगमा अझै आइनपुगेको र समितिको पत्र आएपछि यसबारेमा छलफल गरेर छिट्टै निर्णय हुने जानकारी दिए ।
आयोगले परीक्षाका लागि प्रश्न बनाउनको लागि विज्ञसँग मागेको प्रश्न संकलन गरेको तथा मेसिनले पढ्न सक्ने कपी पनि अर्डर गरेकाले लाखौँ रुपैयाँ खर्च भएको जनाए।
अधिकारी सुवेदीका अनुसार विज्ञापन रद्द भए फारम भरेका आवेदकसँग लिएको दस्तुर फिर्ता हुने जनाए । तर आफूहरुले धेरै समयदेखि तयारी गरेको भन्दै विज्ञापनमा हस्तक्षप नगर्न माग गर्दै लोकसेवाको तयारी गरिरहेकाहरुले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा