सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २८ । आगामि असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ । रेलवे विभागले आगामी असोजबाट जयनगर-जनकपुर-कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ । नेपालमा भएको एउटै जनकपुर-जयनगर रेल छ वर्षदेखि पूर्ण रुपमा बन्द थियो ।
यसका लागि विभागले ८५ करोडमा दुई वटा आधुनिक रेल खरिद गर्न भारतको कोनकोन रेल्वे करपोरेसनसँग सम्झौता गरेको छ । सम्झौताअनुसार तीन महिनापछि उक्त दुई रेल जनकपुर आइपुग्ने विभागमा महाप्रबन्धक वलराम मिश्रले बताए । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा