सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लगातार २ म्याचमा हारबाट आहत बंग्लादेश र ब्याट्सम्यानको लाचर प्रदर्शनबाट दिक्क भएको श्रीलंका आफनो पछिल्लो कमिकमजोरीलाई सुधार गर्दे मंगलबार यहाँ हुन गईरहेको म्याचमा आफनो अभियानलाई फममा ल्याउन कोशिश गर्नेछ ।
बंग्लादेशले विश्वकपमा शानदार शुरुवात गरेको थियो । उसले दक्षिण अफ्रिका विरुद्ध ६ विकेटमा ३३० रनको विशाल लक्ष्य आफनो सर्वोच्च वनडे स्कोर बनाए पश्चात २१ रनले जित दर्ता गरेको थियो । तर यसपछि उसको टिमले यो लयलाई यथावत राख्न सकेन र उ न्युजिल्याण्डसँग २ विकेट र आयोजक इङ्गल्याण्ड सँग १०६ रनले हार पराजित हुनु पर्यो ।
बंग्लादेशको तर्फबाट स्टार अलराउण्डर शाकिब अल हसन राम्रो ब्याटिङ गरीरहेका छन् । ब्याटिङको क्रममा तेस्रो स्थान उनको रस आएको छ र उनले अहिलेसम्म २ अर्धशतक र एक शतक लगाएका छन् । उनीसँग टिमले अर्को ठुलो पारीको आशा गरेको छ ।
विकेट किपर ब्याट्सम्यान मुशफिकुर रहीम पनि राम्रो ब्याटिङ गरीरहेका छन तर सौम्या सरकार र तमीम इकबाल को सलामी जोडी अपेक्षित शुरुवात दिन असमर्थ रहे ।
बंग्लादेशको चिन्ता बलरमा हो । पछिल्लो म्याचमा इङ्गल्याण्ड विरुद्ध उसको बलरले ३८६ रन जोडेका थिए ।
श्रीलंका पनि पहिलो म्याचमा न्युजिल्याण्डसँग १० विकेटको विशाल अन्तरले पराजित भएपछि पुनरगामनलाई लिएर आशातित हुनेछ । दिमुथ करुणारत्नेले सम्हालेको टिमले अफगानिस्तानलाई हराउदै केही राहतको सास लिएको छ तर पाकिस्तान विरुद्ध बर्षाको कारण म्याच रद्ध हुदा उसले अंक बाड्नु पर्यो ।
श्रीलंकाको टिम आफनो २ म्याचमा पुरै ५० ओभरसम्म टिक्न सकेन जुन उसको लागी चिन्ताको विषय हो ।
ब्लरमा श्रीलंकाले चोटीला बलर नुवान प्रदिपको कमी महशुस गर्नेछ जसले अफगानिस्तान बिरुद्ध ३१ रन दिदै ४ विकेट लिएका थिए । यस्तैमा लेसिथ मलिंगाको जिम्मेदारी अझ बढ्नेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा