सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, जेठ २७ । स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले प्रकाशन गरेको सूचनामाथि सरकारले हस्तक्षेप नगर्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।
मन्त्री पोखरेलले सोमबार विराटनगर विमानस्थलमा कुरा गर्दै संवैधानिक निकायले संविधानको व्यवस्था अनुरुप गर्ने काममा कार्यपालिकाले हस्तक्षेप नगर्ने जनाएका हुन् ।
मन्त्री पोखरेलका अनुसार प्रदेश तहमा लोकसेवा आयोग गठन हुने संविधानको व्यवस्था भए पनि प्रदेशहरुमा लोकसेवा आयोग नबनेको हुँदा स्थानीय तहमा कर्मचारीको आवश्यकता पूर्ति गर्न आयोगले सूचना प्रकाशन गरेको जानकारी दिए।
आयोगको सूचना समावेशी सिद्धान्तमै आधारित रहेको मन्त्री पोखरेलले दाबी गरेका छन् । अस्थायी तथा करार सेवामा भर्ना गर्ने अधिकार दिँदा अनियमितता हुने गरेको गुनासो आइरहेकोले पनि आयोगले निष्पक्षरुपमा कर्मचारी भर्ना गर्नु उचित हुने उनले जनाए।
संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगको सूचना रद्द गर्न दिएको निर्देशन बारे जानकारी लिईनसकेको उनले बताएका छन् । उनले संघीय सरकारमा आवश्यकता भन्दा बढी कर्मचारी राखेर तिनको व्यवस्थापन नगरी नयाँ भर्ना गर्ने प्रक्रिया अघि बढेको सम्बन्धमा केन्द्रमा भएका कर्मचारीको पनि आवश्यकता पूरा हुन नसक्ने भएको कारण प्रक्रिया अघि बढाएको जानकारी दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा