सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारतीय अलराउण्डर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । सोमबार प्रेस कन्फ्ररेन्स गर्दे सन्यासको घोषणा गरेका सिक्सर किंग युवी भावुक बनेका थिए । लामो समयदेखी भारतीय टिमबाट बाहिर बस्दै आएका युवराज सिंह हाल जारी विश्वकपको टिममा उनलाई चुनीएको थिएन । युवराजले २०११ विश्वकप जिताउन महत्वपुर्ण भुमिका निभाएका थिए । क्यान्सर समेत जितेर युवराज सिंह क्रिकेटमा फर्किएका थिए, तर खासै राम्रो प्रदर्शन गर्न नसक्दा उनी टिमबाट बाहिरीएका हुन् ।
उनले सन्यासको घोषणा गर्दे भनेका छन कि क्रिकेटमा २५ अरु अन्तराष्ट्रिय क्रिकेटमा १७ बर्षको उतार–चढाव पछि मैले अगाडि बढ्ने निर्णय लिएको छु । उनले भनेका छन कि यो खेलले मलाई धेरै कुरा सिकाएको छ कि कसरी लड्नु पर्छ र लडेपछि कसरी उठ्ने र अगाडि बड्ने ।
सन्यास लिदा भावुक हुदै युवराजले भनेका छन कि मैले कहिले हार मानिन । यसको साथै उनले भनेका छन कि २०११ को विश्वकप जीत्नु मेरो लागी सपना जस्तै थियो । मैले आफनो पिताको सपना पुरा गरे ।
युवराजले ३०४ वनडे म्याच खेलेका छन् भने ८७०१ रन बनाएका थिए । उनले ५८ टि २० प्रतिस्पर्धा पनि खेलेका थिए जसमा उनले ११७७ रन बनाए । उनले २००७ को टी२० विश्वकपमा इङ्गल्याण्ड को पेसर स्टुअर्ट ब्राण्ड विरुद्ध एक ओभरमा ६ छक्का हानेका थिए ।
Yuvraj Singh: After 25 years in and around the 22 yards and almost 17 years of international cricket on and off, I have decided to move on. This game taught me how to fight, how to fall, to dust off, to get up again and move forward pic.twitter.com/NI2hO08NfM
— ANI (@ANI) June 10, 2019
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा