सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २७ । फिल्म छायाँकनरत ‘रातो टिका निधारमा’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह गाउँले भूमिकामा देखिन थालेकी छन् । यो भन्दा पहिलेको फिल्म अभियानमा सँधै सहरिया युवतीको भूमिकामा देखिँदै आएकी थिइन् ।
उनले छायाँकनका क्रमका प्रत्येक दिनको तस्बिर आफ्नो इन्स्टाग्रामबाट शेयर गर्ने गरेकी छन् भने, सार्वजनिक गरेको तस्बिरबाट फिल्ममा उनको भुमिकाको अनुमान लगाउन सकिन्छ ।
निर्माण पक्षले फिल्ममा उनको भूमिका के भन्ने बारे नबताए पनि उनको एकल महिलाको भूमिका रहेको थाहा हुन आएको छ । साम्राज्ञीले सार्वजनिक गरेको सुटिङ तस्बिरबाट पनि सो अनुमान लगाउन सकिन्छ ।
फिल्ममा अंकित शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, खुश्वु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको मुख्य भुमिका रहने छन् । उक्त फिल्मको निर्देशक अशोक शर्माले गर्ने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा