सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २६ । गएराति राजधानीको ठमेलमा बलिउड गायिका नेहा कक्करको प्रस्तुति चल्दै गर्दा तनाव उत्पन्न भएको थियो । गायिका नेहा आफ्नो प्रस्तुति दिनका लागि पहिलो पटक काठमाडौंका आएकी थिइन् । उक्त प्रस्पुतिमा आयोजकले क्षमता भन्दा बढी टिकट विक्रि गर्दा दर्शकले विवाद गर्न थालेका थिए ।
आयोजक र दर्शकबिच विवाद उत्पन्न प्रहरीले हस्तक्षेप गरेको थियो । कार्यक्रमस्थल लड अफ ड्रिंस क्लबमा क्षमता भन्दा बढी टिकट वितरण हुँदा अवस्था असहज भएपछि तीन जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।
पक्राउ पर्नेमा कार्यक्रमका आयोजक दीपक घिमिरे तथा लर्ड क्लबका सञ्चालक भुपेन गिरि र अर्का एक जना संचालक परेका छन् । उनीहरुलाई सोह्रखुट्टे बृत्तमा थुनामा राखेको जनाइएको छ । २५ सय दर्शक क्षमताको लर्ड अफ ड्रिङ्क्समा आयोजकले क्षमता भन्दा धेरै टिकट वितरण गरेको प्रहरी भनाई छ ।
‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्करले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेकी थिइन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्करलाई काठमाडौंमा प्रस्तुत गरेको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा