सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, जेठ २६ । शनिबार नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा भएको भिषण सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । उक्त राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको यात्रुबाहक बस विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग ठोकेर दुर्घटनाग्रस्त भएको जनाए ।
दुर्घटनापछि बसमा आगलागी समेत भएको थियो भने, आगोकै कारण बसमा सवार सबैको मृत्यु भएको अनुमान प्रहरीले लगाएको छ । सडकको अवस्थामा रहेको कमजोरी र जथाभावी सवारी चलाउने गर्दा नाइजेरयिामा सडक दुर्घटना बेलाबखत बढ्दै गएको छ ।
नाइजेरियामा हरेक महिना १०० भन्दा बढी व्यक्तिको दुर्घटनाका कारण मृत्यु हुने गरेको एक प्रहरी अधिकारीले जनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा