सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २६ । एसइईको रिजल्ट विगतका वर्षहरुमा जेठ मसान्तदेखि असार पहिलो हप्ता भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा (SEE)को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ ।
यस वर्ष (SEE) नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । एसइईको रिजल्टका लागि असार १५ गतेको आसपासमा आउन सक्ने परीक्षा नियन्त्रनक शर्माले जनाए ।
प्रदेश नं २ मा प्रस्नपत्र बाहिरिएर पुन: परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश (२ मा प्रश्नपत्र बाहिरिएपछि स्थागित र रद्द गरेका विषयको परीक्ष २२ देखि २९ चैतसम्म सञ्चालन गरेको थियो । यसकारण परीक्ष सकिन अघिल्ला वर्षको भन्दा १९ दिन बढि लाागेको थियो । १० चैत्रदेखि परीक्षा सुरु भएको थियो ।
(SEE) देशभरबाट पौने पाँच लाख विद्यार्थी सहभागी रहेका छन् । परीक्षा नियन्त्रक अधिकारीले सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक यस ८३ र विगतको आंशिक गरी जम्मा चार लाख ७९ हजार परीक्षार्थी रहेका छन् ।
छात्रा दुई लाख ३८ हजार पाँच यस ५८ तथा छात्र दुई लाख ३६ हजार चार सय रहेका छन् । यीमध्ये सामुदायिक विद्यालबाट तीन लाख ४० हजार एक यस ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा