भर्खरै

World Cup 2019: न्युजिल्याण्डको अर्को ठुलो जित, अफगानिस्तान फेरी पराजित


 June 9, 2019     सेतो खबर

विश्वकप २०१९ को १३ औ म्याच न्युजिल्याण्ड र अफगानिस्तान बिच खेलियो । टांटनमा खेलीएको यो प्रतिस्पर्धामा न्युजिल्याण्डले ठुलो जित हासिल गरेको छ । न्युजिल्याण्डले अफगानिस्तानलाई यो म्याचमा ७ विकेटले हराएको छ । कीवी टिमले यो म्याच १७.५ ओभर रहदै जित हासिल गरेको हो ।

यही जितसँगै न्युजिल्याण्डको टिम विश्वकप २०१९ को पहलो तिन खेले जित्दै विश्वकप २०१९ को प्वाइंट्स टेबलमा टपमा पुगेको छ । यो प्रतिस्पर्धामा न्युजिल्याण्डका कप्तान केन विलियमसनले टस जित्दै बलिङ गर्ने निर्णय गरे । पहिला ब्याटिङमा उत्रेको अफगानी टिमले ४१.१ ओभर खेल्दै १७२ रनमै सिमित भयो । अफगानिस्तानको लागी हशमतुल्लाहले अर्धशतकी पारी खेले ।

यता, मात्र १७२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको न्युजिल्याण्डको टिमले यो टारगेट १७.५ ओभरमा ३ विकेट गुमाउदै हासिल गर्यो । न्युजिल्याण्डको तर्फबाट कप्तान केन विलियमसनले ९९ बलमा ७९ को पारी खेले । यो भन्दा पहिला दुई खेलमा न्युजिल्याण्डले श्रीलंका र बंग्लादेशलाई पराजित गरीसकेको छ । न्युजिल्याण्डको अब अगिल्लो प्रतिस्पर्धा भारतसँग १३ जुनमा नाटिंघम मा हुनेछ ।

LIC
LIC



Ime Inside