सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेसन रायको १५३ रनसँगै आफना ब्याट्सम्यानहरुको शानदार खेलको मद्यतले इङ्गल्याण्ड ले बंग्लादेशको अगाडि ३८७ रनको विशाल लक्ष्य दियो । टस हारेर पहिला ब्याटिङमा उत्रेको इङ्गल्याण्ड ले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३८६ रन बनायो । यो इङ्गल्याण्ड को विश्वकपमा ऐतिहासिक प्रदर्शन हो । यो भन्दा पहिला इग्लिस टिले २०११ विश्वकपमा भारत विरुद्ध ३३८÷८ को स्कोर बनाएको थियो ।
आइतबार खेलीएको विश्वकपको यो १२ औ प्रतिस्पर्धामा इङ्गल्याण्ड का हरेक ब्याट्सम्यान राम्रो फममा देखिए । क्रिस वोक्स र लियाम प्लंकेट अभिजित रहे । बंग्लादेशको लागी मेहदी हसन मिराज र सैफुदिन ले सर्वाधिक २/२ विकेट लिए ।
जेसन राय र जाँनी बेयस्टोको जोडीले टिमलाई राम्रो शुरुवात गरे । दुबै ब्याट्सम्यानले हरेक बलरको खबर लिए । दुबै बिच पहिलो विकेटको लागी १२८ रनको साझेदारी गरे । जाँनी बेयरस्टो केबल ५० बलमा ५१ रन बनाएर मुर्तजाको शिकार बने । तर ३८ बलमा आफनो अर्धशतक पुरा गर्ने जेसन रायले ९२ बलमा शतक ठोके ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा