भर्खरै

चीनले ५जी लाइसेन्सलाई दियो मञ्जुरी: ३० लाखलाई रोजगार, १ हजार अरब डलर आर्थिक उत्पादन हुने


 June 8, 2019     सेतो खबर

चीनको उद्योग तथा प्रौद्योगिक मन्त्रालय (एमआईआईटी)ले विहिवार ब्यापारीक उपयोगको लागी ५जी लाइसेन्सको मञ्जुरी दिदै देशको दुरसञ्चार उद्योगमा नयाँ युगको शुरुवात गरेको छ । ५जी लाइसेन्स प्राप्त गर्ने कम्पनिको पहिलो चरणमा चीन टेलिकम, चीन मोबाइल, चीन युनीकम र चीन ब्राण्डकास्टिङ नेटवर्क कम्पनिहरु छन् ।

लाइसेन्स प्रस्तुतीकरण समारोहमा एमआईटी मन्त्रि मियाओ वेईले ५जी प्रौद्योगीकीभन्दा हाई–स्पीड, मोबाइल, सुरक्षीत र ब्यापक नयाँ पिढिको सुचना संरचना स्थापित हुने बताए । मियाओले भने कि चीनमा ५जी प्रौद्योगिकी आउदा नयाँ अवसर आउन तथा चनिको डिजिटल अर्थब्यवस्थामा बृद्धि हुने आशा गीएको छ ।

उनले भनेका छन कि यसबाट कैयो उद्योगहरु डिजिटल रुपान्तर हुनेछ इंडस्ट्रिय इन्टरनेट तथा इन्टरनेट अफ ब्हीकल जस्ता क्षेत्रमा यसको अरु बढि ब्यापक उपयोग हुनेछ ।

चीन सुचना र संञ्चार प्रौद्योगीकी एकेडमीको एक रिपोर्ट अनुसार, यो प्रौद्योगिकी बाट २०२० देखी २०२५ को बिच १०,६०० अरब युआन (१,००० अरब डलर) को आर्थिक उत्पादन र लगभग ३० लाख रोजगार सृजना हुने आशा गरीएको छ ।

LIC
LIC



Ime Inside