भर्खरै

यी अस्ट्रेलियन बलरले ब्याटिङमा रचे इतिहास, ८ औ स्थानमा आएर तोडे विश्व रेकर्ड


 June 7, 2019     सेतो खबर

अष्ट्रेलियाका ब्याट्सम्यान नाथन कोल्टर नाइलले विश्वकप २०१९ मा वेस्टइंडिज विरुद्ध ब्याट जादुले इतिहास रचेका छन् । स्टीव स्मिथसँगै टिमलाई सम्हाल्दै कोल्टर नाइलले ६० बलमा ८ चौका र ४ छक्काको मद्यतले ९२ रन बनाए । यो विश्वकपमा कुनै पनि आठौँ नं का ब्याट्सम्यानको सर्बोच्च स्कोर हो ।

आफनो करियरकै हाई स्कोर र पहिलो अर्धशतक जमाउने कोल्टर नाइल तेज बलरको लागी चिनिन्छन्, तर आज यी खेलाडी केवल आठ रनले शतक बनाउनबाट चुके । यो म्याचभन्दा पहिला उनको हाइ स्कोर ३४ रन थियो ।

वन–डे मा आठौँ स्थानका सबैभन्दा ठुलो स्कोर बनाउने रेकर्ड इङ्गल्याण्ड को क्रिस वक्सको नाममा छ । उनले श्रीलंकाको विरुद्ध २०१६ मा ९५ रन बनाएका थिए । यसपछि कोल्टर नाइल, थोमस ओडोय, लान्स क्ूजनर र डेनियल विटोरीको नम्बर आउछ ।

नाथन कोल्टर नाइलको पारीमा अष्ट्रेलियाले २८८ रन मात्र बनाउन सकेको थियो ।

LIC
LIC



Ime Inside