भर्खरै

World Cup 2019: पाकिस्तानको उत्कृष्ट पुनरागम, इङ्गल्याण्ड लाई दियो ३४९ रनको विशाल लक्ष्य


 June 3, 2019     सेतो खबर

नाटिघमको ट्रेंटब्रिज मैदानमा विश्वकप २०१९मा सोमबार खेलीरहेको प्रतिस्पर्धामा पाकिस्तानले इङ्गल्याण्ड को अगाडि ३४९ रनको लक्ष्य राखेको छ । टस हारेर पहिला ब्याटिङमा उत्रेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै स्कोरबोर्डमा ३४८ रनको विशाल लक्ष्य खडा गर्यो ।

पाकिस्तानको तर्फबाट बाबर आजम (६३), मोहम्मद हफीज (८४) र कप्तान सरफराज अहमद (५५) ले अर्धशतक बनाए । इङ्गल्याण्ड को तर्फबाट स्पिनर मोइल अली र पेसर क्रिस वोक्सले ३/३ विकेट निकाले , मार्क वुडले पनि २ विकेट लिए ।

LIC
LIC



Ime Inside