सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ अन्तर्गत पाँचौ प्रतिस्पर्धामा बंग्लादेशले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ । ओवल स्टेडियममा खेलीएको खेलमा दक्षिण अफ्रिकाका कप्तान फाँफ डु प्लेसीले टस जिते र बंग्लादेशलाई ब्याटिङको निम्तो दिए । पहिला ब्याटिङमा उत्रेको बंग्लादेशले निर्धारित ५० ओभरमा ६ विकेटको नोक्सानीमा ३३० रन बनाए । यो विश्वकपको इतिहासमा बंग्लादेशको सबैभन्दा ठुलो स्कोरसँगै वनडे क्रिकेटमा पनि यो बंग्लादेशको सबैभन्दा ठुलो स्कोर हो ।
३३१ रनको जवाफमा प्रोटियाज टिमले ३०९ रन मात्र बानाउन सक्यो र खेल बंग्लादेशले आफनो पोल्टामा पर्यो ।
बंग्लादेशको तर्फबाट मुस्ताफिजुर रहमानले तिन, मोहम्मद सैफुद्धिनले दुई, जबकि मेही हसन मिर्जा र शाकिब अल हसले एक/एक विकेल लिए । शानदार प्रदर्शनको लागी अनुभवी खेलाडी शाकिब अल हसनलाई म्यान अफ म्याच चुनीए ।
यो जीतसगै बंग्लादेशले विश्वकपमा आफनो अभियानलाई शानदार शुरुवात गरेको छ, जबकि यो टुर्नामेन्टमा दक्षिण अफ्रिकाले लगातार दोस्रो हार ब्यहोर्नु पर्यो । यो भन्दा पहिला विहिवार इङल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनको ठुलो अन्तरले हराएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा