सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेएनएन । विश्वकप २०१९ मा न्युजिल्याण्डको टिमले उत्कृष्ट प्रदर्शन गर्दे शुरवात गर्दे श्रीलंकालाई दश विकेटले पराजित गरेको छ । कीवी टिमको लागी यो भन्दा राम्रो शुरुवात शायदै अरु हुन सक्थ्यो ।
विश्वकपमा कुनै टिमलाई १० विकेटले हराउनु आफैमा ठुलो उपब्लि हो तर न्युजिल्याण्डको टिम यो भन्दा पहिला पनि विश्वकपमा यस्तै उत्कृष्ट प्रदर्शन २ पटक गरीसकेको छ । अब श्रीलंकालाई विश्व कपमा दश विकेटले हराउदै कीवी टिमले तेस्रो पटक यो कमाल गरेको छ । विश्वकपको इतिहासमा यो १२ औ मौका थियो जब कुनै टिम १० विकेटमा हार्नु पर्यो । कार्डिफमा श्रीलंकाको टिमले लगातार पाँचौ पटक वनडेमा हारको सामना गर्नु पर्यो ।
श्रीलंका विरुद्ध यो विश्वकपको पहिलो म्याचमा केन विलियमसनको टिमले आफनो शक्ति देखाउदै उत्कृष्ट प्रदर्शन जीत दर्ता गरेको छ । न्युजिल्याण्डको ब्याट्सम्यानले पहिला श्रीलकालाई १३६ रनमा अलआउट गर्यो र यसपछि टिमका दुबै ओपनर ब्याट्सम्यानले पहिला विकेटको लागी १३७ रनको साझेदारी गर्दे टिमलाई जित दिलाए । यानी यो म्याचमा कीवी टिमले दस विकेटले जीत हासिल गर्यो ।
विश्वकपको इतिहासमा कीवी टिमले तेस्रो पटक कुनै टिमलाई दस विकेटले हरायो । यो भन्दा पहिला न्युजिल्याण्डको टिमले २०११ विश्वकपको दौरान यो कमाल गरेको थियो । बर्ष २०११ म न्युजिल्याण्डले चेन्नईमा केन्यालाई र फेरी अहमदाबादमा विम्बाब्वे लाई दस विकेटको अन्तरमा पराजित गरेको थियो । न्युजिल्याण्ड विश्वकप इतिहासको पहिलो यस्तो टिम बन्यो जसले तिन पटक दस विकेटले जित दर्ता गर्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा