भर्खरै

एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो खेल, वेस्ट इन्डिज र पाकिस्तानको भिडन्त आज


 May 31, 2019     सेतो खबर

काठमाडौँ, जेठ १७ । बिहीबार बाट इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप २०१९ (World Cup 2019) मा  घरेलु टोली इङ्गल्याण्डले दक्षिण अफ्रिकालाई जितको लागी ३१२ रनको लक्ष्य दिएको छ ।

एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो खेल शुक्रबार साँझ बेस्ट इन्डिज र पाकिस्तानबिच हुँदै छ । ट्रेन्ट ब्रिज स्टेडियममा हुने खेलमा दुवै पूर्व विजेताको लक्ष्य जित निकाल्नेमा केन्द्रीत रहेका छन् ।

विश्वकपको धेरै अनुभव गदै आएको दुबै टोलीको भिडन्त रोचक र प्रतिस्पर्धात्मक हुने दावी गरेका छन् । यो विश्वकप भन्दा पहिले दुबै टोलीले १० पटक भिडेका थिए। उक्त खेलमा ३ पटक पासकस्तान र ७ पटक वेस्ट इन्डिजले जितेका छन्।

वेस्ट इन्डिजले सन् १९७५/१९७९ मा लगातार पहिलो र दोस्रो जित निकालेका थिए भने, दुवै विश्वकप इङ्ल्यान्डमै आयोजना गरेको थियो । सन् १९८३ मा इङ्ल्यान्डमै भएको तेस्रो विश्वकपको फाइनलमा वेस्ट इन्डिज भारतसँग ४३ रनले पराजित भएको थियो भने, यसपछिको विश्कपमा वेस्ट इन्डिजले उत्साहजनक नतिजा निकाल्न सकेका छैनन्।

यसपटक वेस्ट इन्डिज टोलीमा नयाँ र पुराना खेलाडीमो समिश्रण रहेको छ । आक्रामक ब्याट्सम्यान क्रिस गेलको साथ पाएको वेस्ट इन्डिजमा साई होप र एभिन लेविस, ड्यारेन ब्राभो जस्ता उत्कृष्ट ब्याट्म्यान रहेका छन् । बलिङमा केमर रोचको प्रदर्शनले वेस्ट इन्डिजलाई थप उत्साह थप्नेछ भने, स्टार ब्याट्सम्यानले भरेको वेस्ट इन्डिजको बलियो पक्ष भनेकै ब्याटिङ रहेको छ ।

यसैक्रममा, पहिलो संस्करणदेखि नै विश्वकपमा भाग लिँदै आएको पाकिस्तानले सन् १९९२ मा विश्वकप उपाधि चुमेका थिए। यसका साथ-साथै पाकिस्तान सन् १९९९ को विश्वकपको फाइनलमा अस्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो।

सदाबहार टोलीको छवि बनाएको पाकिस्तानको पनि ब्याटिङ र बलिङ दुवैमा राम्रा खेलाडी रहेको छ भने, उच्च लयका साथ उपाधि हत्याउने अभियानमा लागेका छन् । यस खेलमा इमाम उल हक र फाखर जामनको प्रदर्शन उच्च हुने अनुमान गरेका छन् ।

पाकिस्तानमान एक सय एक बलर रहेकाले पाकिस्तानको अब्बल पक्ष भनेको विशेषगरी बलिङ रहेको छ। यसकारण, वेस्ट इन्डिज र पाकिस्तानबीचको खेललाई ब्याट्सम्यान र बलरबीचको भिडन्तको रुपमा लिएको पाइन्छ।

 

LIC
LIC



Ime Inside