सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १३ । गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ अफर उपलब्ध गराउने भएको छ । गणतन्त्र दिवस २०७६ को अवसरमा नेपाल टेलिकमले मंगलबार देखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएका हो ।
उक्त योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । उक्त प्याक ७ दिनको अवधिसम्म मान्ने हुने बनाइन्छ ।
उक्त अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने टेलिकमले जनाए । छुट प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा