सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
३० मे बाट इङ्गल्याण्ड र वेल्समा शुरु हुन गईरहेको विश्वकपको दौरान पाकिस्तनाी क्रिकेटरहरुको श्रीमती र परिवारका सदस्यहरु उनहिरुसँग बस्न नपाउने भएका छन् । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) ले इङ्गल्याण्ड विरुद्ध हालै भएको सीरीजपछि यो निर्णय लिएको हो ।
वास्तवमा, पीसीबी आफना खेलाडीहरु विश्वकपमा ध्यान केन्द्रित गरोस भन्ने चाहन्छ । यद्यपी, पीसीबी ले सीरीजको दौरान खेलाडीहरुलाई आफनो श्रीमती र परिवारका सदस्यहरुलाई साथै ल्याउन भने मञ्जुरी दिएको थियो ।
‘क्रिकइन्फो’ का अनुसार, पीसीबीको नयाँ निति अन्तर्गत कुनै पनि खेलाडीको परिवारका सदस्यलाई यदि टुर्नामेन्टको दौरान यात्रा गर्नु छ भने उनीहरुले आफै ब्यवस्था गर्नु पर्ने हुन्छ । हारिस सोहेललाई छोडेर सबै पाकिस्तानीका खेलाडीहरु माथि नयाँ निति लागु गरीएको छ । सोहेललाई भने ब्यक्तिगत कारणले अनुमति दिइएको छ ।
यो नयाँ निति मानक सञ्चालक प्रक्रियाको अनुरुप छैन । यो भन्दा पहिला, यदि पाकिस्तानका खेलाडी बोर्डसँग आग्रह गरेमा उनीहरुले आफनो कोठा आफना श्रीमतीहरुसँग शेयर गर्न पाउथे ।
इङ्गल्याण्ड विरुद्ध हालै भएको पाँच म्याचको सीरीजमा अतिथि टिमसँग ४–० को हार ब्यहोर्नु परेको थियो । विश्वकपमा पाकिस्तानको पहिला प्रतिस्पर्धा इङ्गल्याण्ड विरुद्ध ३१ मे मा ट्रेंट ब्रीजमा खेलीनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा