सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ९ । गत बैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) ले पदक विजेता आफ्ना क्लबका खेलाडीलाई बिहीबार सम्मान गरेका छन् ।
हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्ष शैलेन्द्र खनालले प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको हो।
सो प्रतियोगितामा एपीएफ क्लबले तेश्रो स्थान प्राप्त गरिएको थियो । एपीएफले ५४ स्वर्ण, ६९ रजत र ८० कास्यसहित कूल २०२ पदक जितेका थिए । सम्मानस्वरुप एपीएफले स्वर्ण पदक विजेता खेलाडीलाई जनही रु.१० हजार प्रदान गर्यो भने, रजत विजेतालाई रु. सात हजार तथा कास्य विजेतालाई रु. पाँच हजार रासि प्रदान गरेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा