भर्खरै

अत्तरिया-मोहनापुल सडक निर्माणमा ढिलासुस्ती, सडक धुलाम्य भएका कारण आवतजावतमा सास्ती


 May 23, 2019     सेतो खबर

यज्ञराज उपाध्याय / धनगढी, जेठ ९ । सुदूरपश्चिम प्रदेशकै पहिलो ६ लेन सडक अत्तरिया-मोहनापुल सडकको कामले तिब्रता लिन नसक्दा यस प्रदेशको अस्थायी राजधानी धनगढी पुग्ने सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकहरु लगायत स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।

अत्तरिया देखि मोहनापुलसम्म १४ किलोमीटर सडकलाई ६ लेन बनाउने कामको आधा काम पनि नसकिदा गर्मीको समयमा चल्ने हावाका कारण सडक धुलाम्य भएर पैदल यात्री र साना सवारीसाधनयात्रीलाई आवतजावतमा सकस भएको छ ।ठेकेदार कम्पनीले सम्झौता अनुसार निर्धारित समयमा काम नसक्दा धनगढी आवतजावत गर्ने नागरिकहरुले घाम लाग्दा धुलाम्य त पानी पर्दा हिलाम्य सडकबाटै यात्रा गर्दा बिरामी हुने गरेको यात्रुहरुले गुनासो गरेका छन ।

फोटोमा हेर्नुस अत्तरिया-मोहनापुल ६ लेन सडकको अवस्था र कामको गति : 

अत्तरिया-मोहनापुल ६ लेन बनिरहेको बाटोको दुर्दशा

LIC
LIC



Ime Inside