भर्खरै

कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्न सिभिल बैंकले गर्‍यो ‘लिडरशिप एकेडेमी नेपाल’ सँग सम्झौता


 May 22, 2019     सेतो खबर

काठमाण्डौँ, जेठ ८ । सिभिल बैंक र ‘लिडरशिप एकेडेमी नेपाल’ बिच सम्झौता भएको छ ।

“समृद्धिको लागि सिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको बैंकले दक्ष कर्मचारी नै सबल बैंकिंगको आधार मानेर कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले ‘लिडरशिप एकेडेमी नेपाल’ संग सहकार्य गर्न लागेकोे हो ।

बुधबार एक कार्यक्रमका बिच सम्झौतापत्रमा सिभिल बैंककोतर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र “लिडरशिप एकेडेमी नेपाल”को तर्पmबाट सिटिओ अरुण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

“राइस युनिभर्सिटी बिजिनेस स्कूलएक्जुकेटिभ एडुकेशन”, अमेरिकासंग अनुबन्धित “लिडरशिप एकेडेमी नेपाल” मानव संशाधानको वृत्तिबिकासमा एक चिरपरिचित नाम हो ।

LIC
LIC



Ime Inside