सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, जेठ ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) का सहसंयोजक रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै पार्टी एकतालाई पूर्णता दिन लागिपर्ने बताएका छन् ।
प्रेस सङ्गठन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहसंयोजक तामाङले ‘मलाई दिइएको पद र जिम्मेवारीबाट म पछि हट्दिनँ’, उनले भने, “पार्टी एकताका त्याग र समर्पण गर्नुपर्छ, म गर्छु ।”
सहसंयोजक तामाङले आफूलाई पार्टीले जिम्मेवारी दिने विषयमा अन्याय भएको बताए । ‘म पदबाट राजिनामा दिन्नँ’, उनले भने, “मेरो मूल्याङ्कलन गरेर मलाई पार्टीले अर्को जिम्मेवरी दिनुपर्छ ।” रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा