सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आईसीसी क्रिकेट विश्वकपको शुरुवात ३० मेबाट इङ्गल्याण्डमा हुन गईरहेको छ । विश्वभरका फ्यानहरुलाई मध्यनजरमा राख्दै आईसीसीले यो प्रतिस्पर्धाको प्रसारणको तयारी गरीसकेको छ । क्रिकेटका फ्यानहरुसम्म यो प्रतिस्पर्धा पुर्याउनको लागी आईसीसीेले टेलिभिजन, रेडियो र डिजिटल माध्यमको अलावा अन्य स्रोतहरुको पनि सहारा लिएको छ ।
जानकारी अनुसार, करीब २०० भन्दा बढि देशमा यो प्रतिस्पर्धाको सिधा प्रसारण हुनेछ । तपाई यो जानेर आश्चर्यमा पर्नु हुनेछ कि यी देशहरुमा अफगानिस्तान एउटा यस्तो देश हो जहाँ पहिलो पटक क्रिकेट विश्वकपको प्रसारण गरीनेछ । यो देशको सरकारी रेडियो, टेलिभिजन अफगानिस्तान यी म्याचको प्रसारण गर्नेछ ।
आईसीसीले वल्र्ड लेवल मा स्टार स्पोर्टसको अलावा २५ पार्टनरसँग करीब २०० भन्दा धेरै देशमा यो प्रतिस्पर्धालाई प्रशारण गर्ने तयारी गरेको छ ।
यता भारतमा यसको प्रसारण स्टार स्पोर्टस्को माध्यमबाछ यो टुर्नामेन्टलाई सात स्थानीय भाषामा प्रसारण गरीनेछ । यसमा अंग्रेजीको अलावा हिन्दि, मराठि, तमिल, तेलुगु, बंगला र एशियानेट प्लसको माध्यमबाट मलयालम भाषामा यसको प्रसारण गरीनेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा