सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ८ । बीबीसी महिला फुटबलर अफ् द इयरु को उपाधि फ्रेन्च क्लब लियोनकी स्ट्राइकर एडा हेगरबर्गले हात पारेकी छिन् । उनले च्याम्पियन्स लिगको फाइनलमा ह्याट्रिक हानेर चार दिनपछि यो पुरस्कारका लागि विश्वभरका समर्थक माझ भोटिङ खुला गरेका थिए।
जस मध्ये उनी सफल भइन् । अवार्ड जितेपछि उनले खुशी व्यक्त गर्दै सबै समर्थकलाई धन्यवाद दिएकी थिइन्। अवार्डमा गरेको भोटिङ अनुसार, डेनमार्क र वोल्फ्बर्गकी स्ट्राइकर पर्नेल हार्डर दोस्रो स्थानमा आएकी छिन् । अस्ट्रेलिया तथा शिकागो रेड स्टार्ससकी सेम केर तेस्रो स्थानमा आएकी छिन् ।
बीबीसी वर्ल्ड सर्भिस अवार्डका लागि छानिएको पाँच खेलाडी मध्ये जापान तथा लियोनकी डिफेन्सिभ मिडफिल्डर साकी कुमागाई र पोर्टल्याण्ड थन्स अमेरिकाकी मिडफिल्डर लिन्डेस होरान पनि उपाधिको होडमा चौथो र पाचौं स्थानमा आएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा