सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खस्यौली, जेठ ८ । रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जंगलमा एक युवकको हत्या गरेको आरोपमा चार युवा पक्राउ परेका छन् ।
उनीहरुलाई दुई दिनको अवधिमा आफ्नै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बस्ने २७ वर्षीय चिरञ्जीवी आचार्यको सोमबार ढुंगाले हानेर विभत्स हत्या भएको थियो ।
पक्राउ परेका सबै कपिलवस्तुको बाणगंगा नगरपालिका–६ का हुन् । पक्राउ पर्नेमा ३३ वर्षीय रमेश विक, २८ वर्षीय गोपाल खनाल, २४ वर्षीय वसन्त खत्री र २० वर्षीय राजु विक रहेका छन् ।
पक्राउ परेकामध्ये रमेश विक हत्याको मुख्य योजनाकार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
उनकाअनुसार हत्यापछि उनलाई उनकै मोटरसाइकलमा ल्याएर जंगलमा फ्याँकेका थिए ।
मादकपदार्थ सेवन गरी झगडा गरेका उनीहरुले आचार्यसँग भएको रु १३ हजारको लोभमा हत्या गरेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।
हत्या गरेर जंगलमा फ्याँकिएका उनको सनाखत हुन पनि धेरै समय लागेको थियो । पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा