सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टिक-टक सेलिब्रेटी बनिसकेका मोहित मोरलाई मंगलबार गोली हानी हत्या गरीएको छ । टिक-टक ऐपमा एक्टिभ मोहित मोर उक जिम ट्रेनर पनि हुन् । मोहित नजफगढ इलाकामा रहेको आफनो साथीको पसलमा गएका थिए त्यही हेलमेट लगाएर आएका तिज आरोपिहरुले उनलाई गोली प्रहार गरेका थिए ।
२७ बर्षिय मोहित मोरलाई आरोपिहरुले १३ गोली हानेका थिए । मोहितको शवलाई पुलिसले कब्जामा लिएको छ र छानबीन गरीरहेको छ । पसल बाहिरको सिसिटिभि क्यामरामा तिन आरोपी कैद भएका छन् । मोहितको टिक टक ऐपमा ५ लाख भन्दा धेरै फलोअर्स थिए ।
मोहितको टिक-टक भिडियो धेरै नै भाईरल हुने गर्दछ । सोशल मिडियामा युजर्स मोहितलाई श्रद्धाञ्जली अर्पित गरीरहेका छन् । मोहितको घरमा आमा लगायत एक जना भाई पनि छन् । उनका पिताको धेरै पहिला मुत्यु भईसकेको छ ।
प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार, पैसाको लेनदेन र युवतीसँगको प्रेमका कारण उनको हत्या भएको पुष्टि गरीएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा