सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, जेठ ८ । ललितपुरस्थित अध्यक्ष निवास खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सागले भेटवार्ता गरेकी छिन।
उक्त भेटवार्तामा अध्यक्ष प्रचण्डले बरोनसलाई नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका बिषयमा छलफल गरेको उनको सचिवालयले बताएका छन्। उक्त भेटमा प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको जनाएका थिए ।
भेटमा अध्यक्ष प्रचण्डले भने, ‘आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्यावहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं’ ।
उनले शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको देशको आर्थिक समृद्धिमा नै एक मात्र लक्ष्य रहेको पनि स्पष्ट पारेका थिए । यसैगरी, बेलायतकी मन्त्री सागले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको जनाइन् । उनले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाहरुको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको जानकारी दिइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा