भर्खरै

९ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गछौँ : गृहमन्त्री थापा


 May 22, 2019     सेतो खबर

काठमाण्डौँ, जेठ ८ । पाँचथरको आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता गृहमन्त्री रामबहादुर थापाले जनाएका छन् ।

पाँचथरमा भएको विभत्स हत्या प्रकरणबारे गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा औपचारिक जानकारी दिँदै हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन। उक्त हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न थापाले स्थानीयलाई आह्वान गरेका छन् ।

सो घटनामा हत्या गरिएका ९ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका एक जनाको शव पनि पोष्टमर्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको गृहमन्त्री थापाले जानकारी दिए।

उक्त घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेका छन् । उक्त घटनामा भागेर बाँच्न सफल १२ वर्षीय बालिका सीता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भैरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाएको गृहमन्त्री थापाले जनाए।

सोमबार राति भएको सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या भएको थियो । ९ जनाको सामूहिक हत्या गरिएको २ दुई घण्टाको पैदल दूरीमा ज्वाइँ मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएका थिए। प्रहरीले पारिवारिक रिसिबीका कारण माखिमले नै हत्या गरेको हुन सक्ने आशंका गर्दै छानबिन प्रक्रियालाई अघि बढाएको जानकारी दिएका छन् ।

LIC
LIC



Ime Inside