सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ८ । नोबेल हस्पिटलमा उपचार गराउँदा एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीले २५% सम्मको छुट पाउने भएको छ ।
एन आई सी एशिया बैंक र नोबेल हस्पिटल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेका छन् ।
उक्त सम्झौता पत्रमा नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपाने र बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले हस्ताक्षर गरेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा