सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ ८ । अमेरिकी राजदूत र्यान्डी बेरीले सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’प्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै राजदूत बेरीले फेसबुक पेजमा भिडियो सन्देश प्रसार गरेका थिए।
त्यसबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि परराष्ट्र सचिव शंकर बैरागी दाहालले त्यसबारे मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका छन्। ‘यसरी स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न मिल्दैन’, उनले भने। युवालाई लक्ष्य गरेर राजदूतले अमेरिकी व्यवस्थाबारे सूचना दिन खोजेको भए पनि परराष्ट्रलाई जानकारी नगराइएको सचिव दाहालले जनाए।
उनले भने, ‘यसबारे मन्त्रालयले सोधखोज गर्नेछ।’ बेरीले दूतावासको सामाजिक सञ्जालमा जोडिएका ४० लाख फलोअरसँग प्रत्यक्ष भेटघाट गर्न असम्भव भएकाले उनीहरूका जिज्ञासा र सरोकार सम्बोधन गर्न गफगाफमा आउन लागेको भिडियो सन्देश दिएका थिए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा