सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ७ । आगामी कात्तिक ८ मा रिलिज हुने भन्दै घोषणा गरेको फिल्म ‘पोई पर्यो काले’मा रियल प्रेम जोडीका रुपमा चर्चामा रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टी श्रेष्ठ पर्दामा पनि प्रेमी जोडीका रुपमा आउने भएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच फिल्मको शीर्ष गीत ‘ए दिदी पाईपर्यो काले।।।।’मा कलाकारले अभिनय गर्दै मुहुर्त सर्ट दिएका छन्।
मुहुर्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष एवम् कलाकार केशब भट्टराइ, चलचित्र पत्रकारसंघका अध्यक्ष सन्दिप, विकास बोडका पुर्व सदस्य तथा कलाकार उत्तम केसी लगायत अतिथि बसेका थिए ।
यो फिल्मको निर्देशन शिशिर राणाले छ भने, लेखन पनि उनले नै गरेका हुन् । उक्त फिल्मको सौगात मल्ल, सृष्टी श्रेष्ठ, पुजा शर्मा र आकाश श्रेष्ठको भूमिका रहने छन्।
सो फिल्मका अन्य कलाकारमा सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल छन्दे र निर्देशक शिशिर आफैं रहेको छ। अभिनेत्री सुरक्षा पन्त यो फिल्ममा अतिथि भूमिका रहने जनाएको छ ।
मनाङका प्रदेश सभा सदस्य दीपक मनाङ्गे अर्थात राजिव गुरुङले यो चलचित्र निर्माण गर्दैछन् । अरु निर्मातामा अ.देबी राई, किरण नेपाली, रघु परियार, अर्जुन खनियाँ, देब तामाङलगायत रहेका छन् ।
१३ जेठबाट छायाँकन सुरु हुने फिल्म पोखरा र मुस्ताङमा खिचिनेछ । फिल्मको छायाँकारमा शिब ढकाल रहेका छन् । तारा थापा किम्भेको सम्पादन, कविराज गहतराज, रामजी लामिछाने, रविन शाहको नृत्य फिल्ममा रहने जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा