सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एएफपी । सानो पर्दामा राष्ट्रपतिको भुमिका निभाउने कमेडियन वोलोडिमायर जेलेंस्कीले सोमबार युक्रेनको कमाण्ड सम्हालेका छन् । राष्ट्रपत पदको शपथ लिए पश्चात उनले वाचा गर्दे आफनो पहिलो काम पुर्वी यूक्रेनमा रुस समर्थित अलगाववादिहरु सँग युद्ध विराम गर्नु हो । यो युद्धमा अहिले सम्म करिब १३ हजार मानिसहरुको मुत्यु भईसकेको छ । अलगाववादिहरुले पनि नयाँ राष्ट्रपतिसँग वार्ता गर्ने संकेत गरेका छन् ।
जेलेंस्कोले संसदमा संविधान र बाइबलको प्रतिमा हात राख्दै यूक्रेनको संप्रभुता तथा स्वतन्त्रताको रक्षा गर्ने शपथ लिएका छन् । उनले आफनो पहिलो भाषणमा संसदलाई भंग गर्ने घोषणा गरे । युक्रेनमा यो बर्ष अक्टोबरमा संसदीय चुनाव हुन गईरहेको थियो, तर अब यो चुनाव अगाडि नै गराइने भएको छ ।
जेलेंस्कीले भने ‘ती ब्यक्तिहरु सत्तामा आउनुपर्छ जो जनताको सेवा गर्न चाहन्छन् ।’ आलोचकहरुले यो सवाल उठाएका थिए कि के उनी संसदमा बिना बहुमतको सरकार चलाउनमा सक्षम हुनेछन् ? जेलेंस्कीको पार्टीका अहिले संसदमा कुनै प्रतिनिधित्व छैन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा