भर्खरै

दुई विद्येयक सदनमा पेश


 May 20, 2019     सेतो खबर

काठमाडौँ, जेठ ६ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको आजको बैठकमा ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ प्रस्तुत गरे ।

विधेयक प्रस्तुत गर्दै मन्त्री यादवले उच्च आर्थिक वृद्धिदर हासिल गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रर्वधन गर्नुपर्ने र वैदेशिक लगानी आर्कर्षित गर्नका लागि उक्त विधेयक आवश्यक रहेकाले सदनमा पेश गरिएको जानकारी दिए ।

मन्त्री यादवले सदनमा पेश गर्नुभएको विधेयकका सम्बन्धमा सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ पेश हुँदा बहुमत सदस्यले अस्वीकृत गरेको थियो ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापाले ‘प्रहरी समायोजना विधेयक,२०७५’ सदन समक्ष पेश गरे । नेपालको संविधानको धारा ३०२ को उपधारा दुई अनुसार सदन समक्ष उनले सो विधेयक पेश गरे ।

विधेयकका सन्र्दभमा सदनलाई जवाफ दिदैं मन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रहरी समायोजना गर्नुपर्ने भएकाले सो विधेयक आवश्यक रहेको जानकारी गराए । रासस

LIC
LIC



Ime Inside