सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ६ । अमेरिकामा उज्जवल ठकुरीले रजत पदक प्राप्त गरेको छ । एटलान्टिक सिटी न्युजर्सीमा गएको शुक्रबार सम्पन्न वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसनद्वारा आयोजित अन्तर्र्रािष्ट्रय प्रतियोगितामा ३ पटक गिनिज वल्र्ड रेकर्ड उज्जवल ठकुरीले रजत पदक प्राप्त गरेको छ ।
उक्त प्रतियोगितामा पोइन्ट फाइट (अंक युद्ध) र ७४ केजी तौल भन्दा माथी ब्लाक बेल्ट (कालो फित्ताधारी) प्रदर्शन खेलमा ठकुरीले रजत पदक हासिल गरेका हुन् । २९ बर्षीय मिलर ओमारीसँग उनी पराजित भएको थियो । नासका अन्तर्गत राखिएको वाको युएसए खेल भनेको वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसन हो ।
यसैक्रममा, ठकुरीले नासकाको सृजनात्मक कातामा कास्य पदक प्राप्त गरेको छ । नेपाली मूलकामध्ये अमेरिकामा वाको खेल्ने र रजत ल्याउने सम्भवत आफू नै भएको ठकुरीले जनाए । ठकरीका अनुसार पदक नजितेर ओलम्पिकमा भाग लिंदैमा ओलम्पियन बन्ने आफ्नो रहर नभएको जनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा