सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, जेठ ६ । नारायणग–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई र ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले भरतपुर महानगरपालिका–२९ केराबारीमा ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट घाइते खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा