सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आफनो अभिनय र दमदार फाइटिङले सबैलाई मनोरञ्जन दिने जूनियर एनटीआरको जन्म २० मे मा भएको थियो । १९८३ मा हैदराबादमा जन्मेका जूनियर एनटिआर आफनो जमानाका पपुलर अभिनेता र आन्ध्र प्रदेशका मुख्य मन्त्रि रहीसकेका एनटी रामारावका नाति हुन् । एनटीआरले आफनो कैयौ फिल्ममा राम्रो अभिनयको लागी नन्दि अवार्ड, आईफा अवार्ड, फिल्मफेयर बेस्ट तेलुगु अवार्ड हासिल गरेका छन् । उनको जन्मदिनमा जान्नुहोस उनीसँग जोडिएका केही रोचक कुराहरु
२००९ को जनरल इलेक्शनमा तेलुगुदेश पार्टीको क्याम्पेनपछि हैदराबाद फर्किरहेका जुनियर एनटीआरको कार नलगोडाको सुर्यपेटमा दुर्घटना भएको थियो । पछि कृष्ण इन्टिच्युट अफ मेडिकल साइन्समा उपचार पछि उनी ठिक हुन सकेका थिए ।
बर्ष २०१० मा एक वकिल सिंगुलुरी शान्ति प्रसादले जुनियर एनटीआरको विरुद्ध चाइल्ड म्यारिज एक्ट अन्तर्गत मुद्धा दर्ता गराएका थिए । मुद्धामा एनटीआरले विवाह गर्न लागेको युवतीको उमेर केबल १७ बर्षको भनिएको थियो ।
जूनियर एनटीआरले आफनो करियरमा लगभग साउथका हरेक अभिनेत्रीहरुसँग काम गरेका थिए तर भुमिका चावलासँगको अफेयरले चलचित्र क्षेत्र निकै तताएको थियो ।
जूनियर एनटीआरले आफनो १८ बर्षको उमेरमा नै कैयौ धमाका मच्चाइसकेका छन उनी टलीउडको सलमान खान भनेर पनि चिनिन्छन् । जूनियर एनटिआर लामो समयदेखी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा पनि समावेश छन् । उनी एउटा फिल्मको लागी १८ देखी २० करोड रुपैया फिस लिन्छन् । जूनियर एनटिआर हाल राजमौलीको फिल्म आरआरआर मा काम गरीरहेका छन् ।
जूनियर एनटीआरले बर्ष १९९६ मा तेलुगू फिल्म रामायणमा एउटा बाल कलाकारको रुपमा आफनो अभिनय यात्रा शुरु गरेका थिए । यो फिल्मको लागी उनलाई बेस्ट चिल्ड्रेन्र्स फिल्मको नेशनल फिल्म अवार्ड दिइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा