सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ५ । आइतबार राजधानीमा आयोजना गरेको एक कार्यक्रमका फिल्म ‘माया बस्छ कि के हो ?’ को निर्माण घोषणा गरेका छन्।
उक्त कार्यक्रमका बीच घोषणा गरिएको फिल्ममा सोनाल तामाङ र कस्मता निरौलाको मुख्य भुमिका रहने जनाइएको छ । यी दुई कलाकार यस फिल्मबाट अभिनयमा देखिन थालेका छन् ।
यो फिल्ममा पारिवारिक लभस्टोरी तथा हाँस्य कथामा आधारित भएर बन्ने फिल्मको निर्देशक राजु अधिकारी रहने छन् । सो फिल्मको छायांकन असार दोस्रो साता हुने भएको छ भने, फिल्मको सम्पूर्ण छायांकन युरोपमा हुनेछ । जनपुरका मिडिया हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुने जनाएको छ ।
शरद अधिकारी प्रस्तुतकर्ता रहेको फिल्ममा बहादुर सिंह तामाङ र कृष्ण गिरी कार्यकारी निर्माता रहेका छन् । फिल्मको कथा आरती अधिकारीले तयार पारेकी हुन् । पटकथा तथा संवाद मौनता श्रेष्ठको रहेको जनाए ।
अर्जुन पोखरेलको संगीत रहने फिल्ममा सोनाल र कस्मताको अलवा ध्रुव दत्त, बेनी ढुंगाना लगायतको समेत अभिनय रहने कार्यक्रममा जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा