सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई पांग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ ।
आइतबार महाशाखाका पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले यो कुरा बताएका हुन्।
पन्तले यातायात व्यवस्था ऐनमा यो नियम लागू गर्नका लागि अनुरोध गरेका बताउदै ३ महिना भित्र यो ऐन आयो भने ६ महिनाभित्र यो निमय पूर्ण रुपमा लागू गर्ने योजना रहेको बताए।
साथै उनले मोटरसाइकलमा दुबैजनाले लगाउने हेलमेट समेत नापतौल तथा गुणस्तर विभागले तयार गरेको अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त भएको हुनुपर्ने बताए ।
त्यस्तै नयाँ योजनामा अनलाइनमार्फत् जरिवाना बापतको रकम तिर्न सकिने छ।
त्यस्तै ट्राफिक लाइट थप गर्न र व्यवस्थापन गर्ने, उपत्यकाका सम्पूर्ण ठाउँमा पिक एण्ड ड्रपको व्यवस्थापन गर्ने, करिडोरहरु सञ्चालन गर्ने योजना ट्राफिकको रहेको पन्तले बताए।
साना सवारीलाई उपत्यकाबाट विस्थापन गर्न पनि ट्राफिकले भूमिका खेल्ने र सवारीमा ड्रेस कोडको व्यवस्थापन गर्ने योजना ट्राफिकको रहेको बताइएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा