सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ५ । आइतबार भारतमा लोकसभाको निर्वाचन अन्र्तगत अन्तिम तथा सातौँ चरणको मतदान हुँदै छ । निर्वाचन आयोगका अधिकारीहरुले दिएका जानकारी अनुसार देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेका छन् ।
आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९१८ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बनेका छन् । उनलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिएको छ ।
अन्तिम चरणको निर्वाचनमा उत्तर प्रदेश र पञ्जाबमा १३–१३ सिटका लागि मतदान भइरहेको छ । पश्चिम बंगालका नौ सिटका लागि मतदान हुँदै छ ।
यसैक्रममा, बिहार र मध्यप्रदेशका आठ–आठ सिट, हिमाञ्चलका सबै चार सिट, झारखण्डका तीन सिटका लागि तथा केन्द्र शासित चण्डीगढको एक सिटमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिए।
आइतबार आयोगको निर्वाचन सकिए पनि मतपरिणाम भने यही मे २३ तारिखदेखि मात्रै सार्वजनिक गरिने बताएका छन्। भारतमा गत अप्रिल ११ देखि चरणबद्ध रुपमा लोकसभाको निर्वाचन भइरहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा