सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा, जेठ ५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित सडकमा गए राति सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ९ प ९६३६ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–४ निवासी २५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते चालक चौधरीलाई तत्कालै उपचारका लागि श्रमजीवी अस्पतालमा भर्ना गरिएकामा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ ।
सोही दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा पछाडि सवार सर्लाहीको लालबन्दी नगरपालिका–४ निवासी विक्रमकुमार चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा