सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काभ्रेपलाञ्चोक, जेठ ५ । आज (आइतबार) स्थानीय पर्वका लागि बनेपा नगरपालिका र पाँचखाल नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् ।
बनेपा नगरपालिकाले चण्डेश्वरी जात्रा तथा पाँचखाल नगरपालिकाले पलाञ्चोक भगवती जात्राका लागि आइतबार सार्वजनिक बिदा दिएका हुन् । बनेपाले समुदायको सहभागितालाई दृष्टिगत गरी चण्डेश्वरी जात्राका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले बताए । शुक्रबार शुरु भएको चण्डेश्वरी जात्रा तीन दिनसम्म मनाइन्छ ।
पाँचखालले पनि देवी पलाञ्चोक भगवती जात्राका लागि आइतबार सार्वजनिक बिदा दिएको हो । जात्राका लागि नगरवासीलगायत मुलुकका विभिन्न क्षेत्रका समुदायको उपस्थिति रहने भएकाले आइतबार सार्वनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले बताए । शुक्रबार शुरु भएको पलाञ्चोक जात्रा आजसम्म चल्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा