सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ४ । सरकारले हालै ल्याएको ‘मिडिया काउन्सिल विधेयक’ प्रेस स्वतन्त्रता विरुद्ध ‘मृत्युको घण्टा’ हुनसक्ने चेतावनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दिए ।
अध्यक्ष थापाले शनिबार आफ्नो ट्विट मार्फत प्रजातन्त्रको मेरुदण्डको रूपमा रहने प्रेसस्वतन्त्रतालाई संकुचित बनाउने विधेयकका प्रावधान हटाउन माग राखेका छन् ।
उनले लेखेका छन् ‘लोकतन्त्रको अभ्यास भइरहेको बेला प्रेसविरुद्ध कठोर दृष्टिकोण र मिडिया काउन्सिलको स्वयत्तताको हनन उपयुक्त हुँदैन’, ।
प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्न माग गरेका छन् । पत्रकारहरु आन्दोलनमा रहेका बेला थापाको यस्तो प्रतिक्रिया दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा