सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपनदेही, जेठ ४ । शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको २५६३ औं बुद्धजयन्ती विशेष कार्यक्रमका साथ धुमधामले मनाइएको छ ।
बुद्धजन्यन्तीको अवसर पारेर शनिबार नै लुम्बिनी भम्रण वर्षको औपचारिक उद्घाटन राष्ट्रिपति विद्यादेवी भण्डारीले गरेकी छिन् । राष्ट्रपतिले उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्न सरकारको ध्यानार्कषण गराएकी छिन्।
जापानी नागरिक टांगेले सन् १९७२ मा शुरु गरेको गुरुयोजना बनाउने कामको अध्ययन सन् १९७८ मा पूरा गरी सरकारलाई हस्तान्तरण गरेको थियो ।
तर ४१ वर्ष पूरा हुँदा पनि लुम्बिनी विकासको गुरुयोजना पूरा हुन नसकेको राष्ट्रपतिले बताइन् । गुरुयोजनाको अझै १२ प्रतिशत काम पूरा हुन बाँकी रहेको छ ।
कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र देवदहलाई एकापसमा जोड्न राष्ट्रपति भण्डारीले आग्रह गरेकी छिन् । लुम्बिनी गुरुयोजना पूरा नहुँदा विश्वभरका मानिसहरुलाई जोड्न नसकिएको उनले बताइन् ।
उनले भनिन्, ‘लुम्बिनीलाई अन्य पर्यटकीय क्षेत्रसँग जोड्न पर्यटकीय परिपथ बनाउन पनि सकिन्छ । गौतमबुद्ध विमानस्थल निर्माणको काम छिटो सक्नुपर्छ ।’
प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेकोमा राष्ट्रपति भण्डारीले खुसी व्यक्त गरिन् । भ्रमण वर्षले प्रदेशमा विकासको ढोका खोज्नुको साथै प्रदेश सरकारको अभियानले नेपाल भ्रमण वर्ष सफल बनाउन परिपूरक हुने पनि राष्ट्रपतिले बताइन् ।
राष्ट्रपतिले भनिन्, ‘यस्ता कार्यले देशको अर्थतन्त्रमा पनि टेवा पुर्याउन सक्छ । भौतिक संरचना निर्माण गर्दै स्थानीय श्रमको कदर गरिनुपर्छ, लुम्बिनीको विकास गरिनुपर्छ’ ।
उनले बौद्ध दर्शनलाई विश्वभर पुर्याउन लुम्बिनी विश्वविद्यालयलाई विभिन्न ज्ञान केन्द्रको रुपमा विकास गरिनुपर्ने धारणा समेत राखिन् ।
विश्वभरका बौद्धमार्गीहरुलाई जाग्रति गर्न बुद्ध जयन्ती प्रेरणादायी हुने भन्दै राष्ट्रपतिले लुम्बिनी शान्ति, विकास र समृद्धिको आधार रहेको बताइन् । राष्ट्रपतिले स्वदेशी तथा विदेशी पर्यटकलाई लुम्बिनी भ्रमणको निम्तो समेत दिएकी छिन्।
नेपाल बुद्धको बाटोमा हिँड्योः प्रधानमन्त्री
उक्त कार्यक्रमको समारोहमा सम्बोधन गर्नै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब कहिल्यै हिंसाको बाटोमा नजाने बताएका छन् ।
ओलीले भने, लामो समय मुलुक द्वन्द्वमा अल्झिए पनि अब नेपाल शान्तिको बाटोमा अगाडि बढिसकेको छ।
दुनियाँलाई शान्ति र सुमार्गको बाटोमा हिँडाउन बुद्धको मार्गले प्रेरित गरेको बताउँदै ओलीले भने, ‘हामी बुद्धको बाटोमा छौं । शान्ति प्रक्रिया टुंग्याउनका लागि पनि बुद्ध दर्शनको प्रभाव रह्यो ।’
उनले भने, अर्को वर्ष बैशाख पूर्णिमालाई (बैशाख डे) को रुपमा मनाउने बताए । ‘आउँदो वर्ष वैशाख डे मनाउने अनुमति पाएका छौं । लुम्बिनीको विकास लागि मास्टर प्लान बनाएर लुम्बिनीलाई लुम्बिनी जस्तो बनाउनुपर्छ ।’
आफू प्रधानमन्त्री भएपछि लुम्बिनीको विकासले गति लिएको र अब व्यापक विकास हुने दावी प्रधामन्त्रीले गरेका छन् ।
उनले भने, ‘लुम्बिनीलाई पवित्रस्थल, स्वच्छ, सफा, हराभरा, पुण्डभूमि, ध्यान र ज्ञानभूमि बनाउछौ ।’
सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको बताउँदै प्रधानमन्त्रीले कपिलस्तुलाई फरक ढंगले विकास गरिनुपर्ने जनाएका छन्।
लुम्बिनी विश्व शान्ति र बुद्ध दर्शनको मुहान भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘अब लुम्बिनीमा सिसौ होइन । फलफूल लगाउँछौ । लुम्बिनीको विकासलाई तिब्रता दिन्छौ ।’ बुद्ध दर्शन कसैको अहितमा नरहेको र सबैका लागि बुद्ध दर्शन उपयोगी रहेको प्रधानमन्त्रीको भनाइ छ ।
आफू केही दिन अगाडि भेतनाम जाँदा त्यहा १६ औ अन्तर्राष्ट्रिय वैशाख दिवस आयोजना गरिएको स्मरण गर्दै प्रधानमन्त्रीले महामानव बुद्धलाई विश्वले भगवानको रुपमा मानेको बताए ।
‘उहाँप्रति श्रद्धाभाव व्यक्त गर्दछु । ओलीको भने, ‘मानव जातिले पैदा गरेको सन्तानहरु मध्ये सिद्धार्थ गौतम महान व्यक्ति हुनुुहुन्छ’।
बुद्धको जन्मथलो कहाँ भन्नेमा विवाद नरहेको उल्लेख गर्दै ओलीले सम्राट अशोकले बुद्ध लुम्बिनीमा जन्मिएका थिए भनेर स्तम्भ तयार गर्नुले नै उनी लुम्बिनीमै जन्मिएको प्रमाणित गरेको जानकारी दिए ।
बुद्ध जयन्तीको असवरमा शुक्रबार सुजात खिर महोत्सव राखिएको थियो । शनिबार मूल समारोह र भोलि मायादेवी प्रस्तुति उत्सव मनाइने लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा