सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ४ । नाइजेरियाका लडाकूहरुले कम्तिमा १० जना माझीको हत्या गरेका छन् । नाइजेरियाको आतङ्कवादी समूह बोको हारामका लडाकूहरुले १० जना माझीको हत्या गरेका हुन् ।
देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने मैदुगुरी क्षेत्रमा भएको यस घटनामा परी मारिएका मध्ये शुक्रबार दश जनाको शव भेटिएको स्थानीय आपत व्यवस्थापन अधिकारीहरुले बताए।
ती लडाकूहरुले माझीहरुलाई गत बिहीबार आक्रमण गरेको थियो । उनीहरुलाई मैदुगुरीदेखि चार किलोमिटर टाढा रहेको अलौडाममा मारिएका थिए ।
राजधानी बोर्नोस्थित आपत व्यवस्थापन कार्यालयका प्रमुख बेल्लो डानबाट्टाले मारिएका माझी मध्ये अधिकांश छिमेकी गाउँ कोन्डुगाका रहेको जनाए ।
लेक चाद बासिनेका अध्यक्ष अबुबाकर गामान्दीले माझीहरु मारिएको पुष्टि गर्दै आक्रमणलाई ‘दुर्भाग्यपूर्ण’ भएको जनाए ।
बोको हरामका लडाकूहरुले सन् २००९ देखि अहिले सम्म २० हजार भन्दा बढी व्यक्तिको हत्या गरेका छन् भने, अरु दशौँ लाख आ-आफ्नो घरबाट विस्थापित हुन पुगेको जनाए।
यो समूह नाइजेरियासहित चाद, नाइजर, उत्तरी कामरुनलगायतका देशमा पनि आतङक मच्चाउँदै आएको जानकारी दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा