सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बर्दिया, जेठ ४ । बर्दियामा एक युवकले बन्चरो प्रहार गरी आफ्नै बुवाको हत्या गरेको आरोपमा पक्राउ परेको छन् । जिल्लाको ठाकुरबाबा नगरपालिका २ बलाती गाउँमा विष्णु भनिने ४१ वर्षीय दोर्णरत्न पोख्रेलले बन्चरो प्रहार गरी ७४ वर्षीय बुवा रत्नलाल शर्मा पोख्रेलको हत्या गरेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भुरिगाउँ बजारमा बस्ने मृतकका बुहारीले फोन गर्दा ससुराले मोबाइल फोन नउठाएपछि शुक्रबार दिउँसो घरमै गएको र त्यहाँ रगत मात्रै देखेको बताइएको छ । प्रहरीले खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय भुरिगाउँको प्रहरी टोली घटनास्थलमा पुगेपछि घरभित्र रगत र घर नजिकै करेसाबारीमा शंकास्पद अवस्थामा खाल्डो खनी गाडिएको देखेपछी जिल्लामा खबर गरिएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
घटनाबारे अनुसन्धान गर्दा मृतकको टाउको र शरीर अलग गरी एकै ठाउँमा गाडिएको फेला परेको प्रहरीले जनाएको छ । घरमा बावु छोरामात्र भएको अवस्थामा जेठ १ गते राति हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । हत्या अभियोगमा मृतकका ६ छोरा मध्ये साइला छोरा दोर्णरत्नलाई इलाका प्रहरी कार्यालय भुरिगाउँले पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र पूरा अनुसन्धान पछि मात्रै सत्यता पत्तालाग्ने प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा