भर्खरै

भगवान गौतम बुद्धको १० उपदेश जसलाई हामीले कहिले बिर्सनु हुदैन


 May 18, 2019     सेतो खबर

बैशाख पुर्णिमाको दिन सिद्धार्थको जन्म नेपालको लुम्बिनिमा भएको थियो, जसले बुद्धत्व प्राप्ति पछि गौतम बुद्धको नामले प्रसिद्ध भए । गौतम बुद्धको जन्म बैशाख पुर्णिमा को दिन भएको हुदा यो तिथिलाई बुद्ध पुर्णिमा पनि भनिन्छ । भगवान बुद्धले सत्यको खोज पछि मानिसहरुलाई उपदेश दिए, ति उपदेशहरुलाई हामी सधै याद राख्न चाहन्छौ ।

भगवान गौतम बुद्धका महत्वपुर्ण उपदेशहरु
१. मानिसले अतितको बारेमा सोच्नु आवश्यक छैन र न त भविष्यको चिन्ता गर्नु पर्नेछ । हामीलाई आफनो बर्तमान समयमा ध्यान केन्द्रित गर्न आवश्यक छ । यही नै खुशीको मार्ग हो ।
२ं मानिसले आफनो शरीर स्वस्थ राख्ने जिम्मेदारी हुन्छ । यदि शरीर स्वस्थ नभएमा तपाईको सोच र मन पििन स्वस्थ र स्पष्ट हुनेछैन ।
३ं सबै गलत कार्यले मनमा जन्म लिन्छ । यदि तपाईको मन परिवर्तित भएमा मनमा गलत कार्य गर्ने विचारले नै जन्म लिदैन ।
४. हजारौ खोक्रो शब्दभन्दा त्यो एक शब्द राम्रो हुन्छ, जसले शान्ति लिएर आउछ ।
५. कसैलाई घृणा गर्दा तपाईको मनको घृणा खत्म हुदैन, यो केबल प्रेमले नै खत्म गर्न सकिन्छ । जसरी नराम्रोको लागी नराम्रो खत्म हुदैन, त्यो प्रेमले समाप्त हुन्छ ।
६. जो मानिस जति मानिसलाई माया गर्छन, त्यती ब्यक्तिबाट नै उनीहरु दुखी हुन्छन्, त्यसको कुनै संकट छैन ।
७. एउटा जंगली जनावर भन्दा धेरै खतरानाक एउटा कपटी र दृष्ट मित्र हो किनभने जनावरले तपाईलाई केबल शारीरिक नोक्सानी पुर्याउछ, जबकि दृष्ट मित्रले तपाईलाई बुद्धि–विवकेलाई नोक्सान पुर्याउछ । यस्ता मित्रहरुसँग सावधान रहनुपर्दछ ।
८. सन्देश र शंकालु बानी भयानाक हुन्छ, यसबाट सम्बन्धमा खटपट उत्पन्न हुन्छ । मित्रता टुट्न सक्छ ।
९. मानवले कहिले रिस गर्नु हुदैन । तपाईले रिसको सजाय पाउनुहुन्न तर तपाईल क्रोधबाट सजाय पाउनुहुन्छ ।
१०. हजारौ लडाई जित्नुभन्दा राम्रो हुन्छ कि तपाई स्वयंममाथि विजय प्राप्त गर्नुहोस्, फेरी विजय सधै तपाईको नै हुनेछ ।
११. विश्वमा यि ३ चिजलाई कहिले लुकाउन सकिदैन : चन्द्रमा, सुर्य र सत्य ।
१२. सत्य बाँटोमा हिड्ने ब्यक्ति २ वटा गल्ति मात्र गर्न सक्दछ । पहिलो– या त उसले पुरै बाटो तय गर्न सक्दैन । दोस्रो– या फेरी त्यो बाटोमा हिड्नेछैन ।
१३. मानवको लागी आफनो लक्ष्यलाई पाउनु भन्दा राम्रो त्यो लक्ष्यलाई पाउने यात्रा राम्रो होस् ।

LIC
LIC
LIC



Ime Inside