सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ३ । निर्वाचनमा पार्टिलाई हटाउनेहरु पार्टिभित्र बलशाली भई आफुविरुद्ध उभिएको नेपाली काँग्रेसका सभापति देउवाले दावी गरेका छन् ।
उनक अनुसार निर्वाचनमा पार्टिलाई हटाउनेहरु बलशाली भएकाले नै पार्टी संकटमा फसेको तर्क समेत व्यक्त गरेका छन् । आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुट्न पनि पार्टीका नेता–कार्यकर्तालाई उनले निर्देशन दिएका छन् ।
सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कार्वाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको शुक्रबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेहनमा गुनासो पोखेका थिए ।
दुई कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको स्मरण गर्दै सभापति देउवाले सो हारको दोषी आफुलाई मात्रै लाउने गरेकोमा आपत्ति जनाएका छन्।
मंचमै रहेका नेता कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलाउनका लागि निर्वाचनका बेला वार्ताका पठाएको तर मिलाउन नसकेको पनि स्मरण गरेका छन् । आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैर प्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप उनले पनि लगाए ।
उक्त कार्यक्रममा बोल्दै काँग्रेस नेता सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गरेका छन् । उनले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने जनाएका छन् । नेता सिटौलाले पार्टीभित्र गुट हुनु स्वभाविकै भए पनि कलह चाही हुनै नहुने स्पष्ट समेत गरेका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा