सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३ । आँखा जस्तो शरिरको कोमल अंगलाई समयमा ध्यान नदिँदा आँखाको क्यानसर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले यसरोग विशेषज्ञहरुले आँखाको बिषेश ध्यान दिन आग्रह गरेका छन् ।
रेटिनोब्लास्टो ५ वर्ष भन्दा मुनिका बालबालिकामा बढि हुने गरेको चिकित्सकहरूले बताएका छन् । यस्तो रोग करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एक जनामा देखा पर्न सक्छ जुन वंशानुगत पनि हुन सक्ने जनाएको छ।
यस रोगका लक्षणहरु निम्ननुसार छन् :
आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु
असामान्य रुपमा आँखा रातो हुनु
(आँखाको आकार ठूलो हुनु
आँखाको डेढोपना देखिनु यसका लक्ष्यणहरू हुन् ।
चिकित्सकहरू अनुसार आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गर्दा यो रोग पत्ता लगाउन सकिन्छ । लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यसको उपचार गरिन्छ ।
ढिलो भएमा आँखाको डल्लो नै निकाल्नुपर्ने हुन्छ यो खबर आजको नेपाल समाचारपत्रमा साभार गरिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा