सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १ । भियतनाम र कम्बोडियाको भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार अपराह्न स्वदेश फर्किएका हुन् ।
कम्बोडियाबाट बैंकक हुँदै प्रधानमन्त्री केपी शर्मा ओली बुधबार अपराह्न स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतले स्वागत गरेका छन् ।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको थियो ।
समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री बुधबार स्वदेश फर्केका हुन् ।
प्रधानमन्त्रीले वैशाख २६–३० सम्म भियतनाम र वैशाख ३०–जेठ १ गतेसम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा